Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको कटाक्ष : “जेठ १५ को आन्दोलनकारी राजावादी होइनन्, खाओवादी हुन्”

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १४ : ५१ मा प्रकाशित

ओलीको कटाक्ष : “जेठ १५ को आन्दोलनकारी राजावादी होइनन्, खाओवादी हुन्”

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते आन्दोलनको तयारी गरिरहेका समूहहरूलाई 'राजावादी नभई खाओवादी'को संज्ञा दिएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नारायणीहिटी अगाडि राजावादी नारा लगाउनेहरूको आलोचना गर्दै भने, “यी राजावादी साजावादी केही होइनन्, खाओवादी हुन्।”

उनले आन्दोलनरत समूहले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नाराको खिल्ली उडाउँदै प्रश्न गरे, “राजा प्राणभन्दा प्यारो भए वीरेन्द्र शाहको बंशनास हुँदा कहाँ थिए?”

ओलीले राजावादी तथा मण्डलेहरूलाई झुटा, बेइमान र चाप्लुसी गर्न सिपालु भन्दै आरोप लगाए। “जनता अल्मल्याउने, भ्रममा पार्ने, झुटा कुरा गर्ने मण्डलेहरूको बानी हो,” उनले भने।

प्रधानमन्त्री ओलीले राजावादीहरूले कुनै ठूलो उद्देश्यका लागि होइन, व्यक्तिगत स्वार्थका लागि आन्दोलन गरिरहेको दाबी गरे। उनले पछिल्लो समय सरकार र जनता अलि मौन रहेको अवस्थामा राजावादीले अनावश्यक फुर्तिफार्ती गरिरहेको उल्लेख गर्दै त्यसको जवाफ आवश्यक समयमै दिने संकेत पनि गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको