नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यस वर्षको गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र स्थापनाको दिवसलाई उल्लासपूर्वक मनाउने कार्यक्रम तय गरेको हो।
देशभरका पार्टी कमिटीहरूलाई स्थानीय तहमा विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ। उपत्यकाबाहिर प्रत्येक पालिकामा विशेष कार्यक्रम सञ्चालन गरिनेछ भने उपत्यकाभित्र सांस्कृतिक झाँकीसहितको भव्य कार्यक्रम आयोजना गरिनेछ। काठमाडौं उपत्यकाको कार्यक्रम विभिन्न पार्टी कमिटीहरूको समन्वयमा सञ्चालन हुनेछ।
सांस्कृतिक झाँकीको संयोजन नेपाल जनसांस्कृतिक महासङ्घले गर्नेछ भने पार्टी कार्यालयबाट पनि सहकार्य गरिनेछ। पार्टीले सम्पूर्ण कार्यकर्तालाई कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस