नेकपा एमालेले अनेरास्ववियुमा उमेर हद लागु गरेको छ ।
आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागु गर्ने निर्णय गरेको हो ।
अन्य पार्टीले पनि विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाएपछि एमालेले अनेरास्वविुमा पनि उमेर हद लागू गरको हो ।
यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद लागु गरेका छन् । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।
त्यस्तै एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेर हद तोकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस