Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीलाई संसदमा पहिला हामीले प्रश्न सोध्न पाउनुपर्छ- रास्वपा

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, ०६ : ५३ मा प्रकाशित

गृहमन्त्रीलाई संसदमा पहिला हामीले प्रश्न सोध्न पाउनुपर्छ- रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकलाई मंगलबारको संसदको बैठकमा आफैले गरेको प्रश्न सम्झाउने बताएको छ । 

पार्टीको संसदीय दलको बैठक पछि पत्रकारहरुसँग कुरागर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रमेश लेखकले एक बर्ष अगाडी संसदमा दिएको अभिव्यक्ति सम्झाउन चाहेको बताए ।

झाले गृहमन्त्री लेखकलाई प्रश्न सोध्न पाउनु पर्यो भन्दै प्रश्न सोधेपछि बल्ल गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले गृहमन्त्री लेखकले मंगलबार भिजिट भिसा प्रकरणमा संसदमा जवाफ दिने बताइरहेका बेला रास्वपाले पहिला प्रश्न सोधेपछि बल्ल गृहमन्त्रीको जवाफ सुन्ने बताए ।

साथै झाले अनुसन्धान शुरु नै नहुदै पार्टीको पदाधिकारी बैठक बसेर क्लीन चिट दिएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसकै नेताहरुले प्रश्न सोधिरहेको बेला पदाधिकारी बैठकले क्लीन चिट दिएकोप्रति आपत्ति जनाए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको