Like us!
Follow us!
Connect us!
Watch us!

एकैपटक १० जना सचिवको सरुवा,मन्त्रिपरिषद् बैठकका अरू निर्णय के-के ?

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १६ : २२ मा प्रकाशित

एकैपटक १० जना सचिवको सरुवा,मन्त्रिपरिषद् बैठकका अरू निर्णय के-के ?

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्।

बैठकले विभिन्न मन्त्रालयका १० सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ। साथै, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी कानुनी व्यवस्था गर्न तयार गरिएको विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको छ। त्यसैगरी, सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ लाई स्वीकृत गरिएको छ भने विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंको नियुक्ति गर्ने निर्णय पनि गरिएको छ।

बैठकले जापान सरकारबाट छात्रवृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै, ईपीएस कार्यक्रमअन्तर्गत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउने विषयमा द्विपक्षीय समझदारीपत्र स्वीकृत गरिएको छ। सो समझदारीपत्रमा हस्ताक्षर गर्न सम्बन्धित निकायलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत भएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको