Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र देउवासहित शीर्ष नेताहरूको छलफल सकियो, गृहमन्त्री लेखकले आज संसदमा प्रस्ट पार्ने

अर्थ संसार

बुधबार, १४ जेठ २०८२, १२ : १६ मा प्रकाशित

प्रधानमन्त्री ओली र देउवासहित शीर्ष नेताहरूको छलफल सकियो, गृहमन्त्री लेखकले आज संसदमा प्रस्ट पार्ने

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा सम्पन्न भएको छलफल सकिएको छ। छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट पार्ने सहमति बनेको छ।

संसद्‌मा प्रमुख प्रतिपक्षी दलले अवरोध गर्ने नीति लिएको पृष्ठभूमिमा प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला छलफलमा सहभागी थिए।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बालुवाटारको छलफल संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको जानकारी दिए। उनले भने, “उठेका विषयमा आजको संसद्‌ बैठकमा गृहमन्त्रीले प्रस्ट पार्नुहुन्छ। नियमावलीअनुसार बैठक अघि बढ्छ।” बर्तौलाका अनुसार, मंगलबारको बैठक विपक्षी दलको अनुरोधमा स्थगित गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको