Like us!
Follow us!
Connect us!
Watch us!

विपक्षी दलको निर्णय : संसद्‌ अवरोध जारी रहने

अर्थ संसार

बुधबार, १४ जेठ २०८२, १२ : २९ मा प्रकाशित

विपक्षी दलको निर्णय : संसद्‌ अवरोध जारी रहने

विपक्षी दलले संसद्‌मा अवरोध जारी राख्ने निर्णय गरेका छन्।

बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नयाँ बानेश्वरस्थित कार्यकक्षमा बसेको विपक्षी दलहरूको बैठकले संसद्‌ अवरोधलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)का नेता सहभागी थिए। यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएन।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र सो विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने माग गर्दै संसद्‌ अवरुद्ध गर्दै आएका छन्। यही कारण मंगलबार पनि संसद्‌को बैठक सञ्चालन हुन सकेको थिएन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको