Like us!
Follow us!
Connect us!
Watch us!

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजावादी समूहको प्रदर्शन तयारी, उपत्यकामा सुरक्षा सतर्कता उच्च

अर्थ संसार

बुधबार, १४ जेठ २०८२, १३ : २६ मा प्रकाशित

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजावादी समूहको प्रदर्शन तयारी, उपत्यकामा सुरक्षा सतर्कता उच्च

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १७ वर्ष पुरा हुँदै गर्दा गणतन्त्रको विरोधी समूहले जेठ १५ गते राजधानी उपत्यकामा प्रदर्शन गर्ने तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको राजावादी समूहले पूर्वराजाको पक्षमा प्रदर्शन गर्न लागेका हुन्।

सत्तारूढ दल नेकपा (एमाले)ले पनि सोही दिन उपत्यकामा आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।

प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बुधबार बिहान भृकुटीमण्डपस्थित पुलिस क्लबमा काठमाडौँ, ललितपुर र भक्तपुरका वरिष्ठ प्रहरी अधिकृतहरूलाई सुरक्षा सतर्कता सम्बन्धी ब्रिफिङ दिएका छन्।

ब्रिफिङमा तीन जिल्लाका १८ जना वृत्त इन्चार्ज र प्रभाग प्रमुख इन्स्पेक्टरहरू सहभागी थिए। एआईजी तामाङले सबै युनिट इन्चार्जलाई आफूले जिम्मेवारी पाएको क्षेत्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।

ब्रिफिङमा सहभागी एक अधिकृतका अनुसार एआईजी तामाङले संयमता अपनाउन निर्देशन दिँदै भने, "शान्ति सुरक्षा राम्रो गर्दै गर्दा आफ्नो सुरक्षामा पनि ध्यान दिनुस्।"

प्रदर्शन गर्ने समूहको गतिविधि र योजना पहिल्यै थाहा पाउन सूचना संकलनमा सक्रिय हुन पनि उनले मातहतलाई निर्देशन दिएका छन्।

त्यस्तै, प्रदर्शनको समयमा भीआइपी (VIP)भीभीआईपी (VVIP) व्यक्तिहरूको निवास, कार्यालय तथा महत्त्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षा मजबुत बनाउने विषयमा पनि स्पष्ट निर्देशन दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको