राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामा, न कि जवाफ, माग गरिरहेको स्पष्ट पारेका छन्।
बुधबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले भने, “गृहमन्त्रीको प्रतिपक्षले राजीनामा मागेको छ, जवाफ होइन।”
उनले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको मागसमेत रहेको उल्लेख गर्दै, सरकार त्यसमा तयार नभएको भन्दै आक्रोश व्यक्त गरे।
शाहीले भने, “हामी प्रमुख प्रतिपक्षी दलसहितले गृहमन्त्रीको राजीनामा मागेका छौं। संसदीय छानबिन समिति नबनाउँदासम्म र त्यसको वाचा नगर्दासम्म संसदलाई अगाडि बढ्न दिइँदैन— यो हिजोकै निर्णय हो।”
उनले थपे, “संसद्मा एउटा छानबिन समिति बनाउ भन्दा अटेरी गर्न मिल्छ? यो कस्तो अवस्था आइपुग्यो?” प्रतिपक्षको कडा अडानका कारण संसद्को वातावरण अझै सहज बन्न सकेको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस