सरकारद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीसहितका सांसदहरूलाई दिइएको सुरक्षा गार्ड (पीएसओ) हटाइएको छ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले आफूहरूलाई दिइएको पीएसओ हटाइएको पुष्टि गरेका छन्। उनले सरकारको निर्णयलाई सामान्य रूपमा लिएको जनाउँदै चेतावनीस्वरूप भने, "सरकारलाई यति मात्रै भन्छु— अति नगर्नु, अति गर्यो भने खती हुन्छ।"
पीएसओ हटाउने कारणबारे सोधिएको प्रश्नमा शाहीले संक्षिप्त रूपमा प्रतिक्रिया दिँदै भने, “त्यो सरकारलाई नै सोध्नुहोस्।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस