Like us!
Follow us!
Connect us!
Watch us!

हिंसा भए जिम्मेवार प्रधानमन्त्री ओली हुनेछन् : राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही

अर्थ संसार

बुधबार, १४ जेठ २०८२, १४ : ४६ मा प्रकाशित

हिंसा भए जिम्मेवार प्रधानमन्त्री ओली हुनेछन् : राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि हुने आफ्ना पार्टीको कार्यक्रम शान्तिपूर्ण हुने दाबी गर्दै कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले प्रधानमन्त्री ओलीले संविधान र कानुन उल्लंघन गर्दै उत्तेजक भाषण दिएर भिड जम्मा गरेर स्थिति तनावपूर्ण बनाउन खोजेको आरोप लगाए।

“हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ। कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ,” शाहीले भने, “राष्ट्रिय मानवअधिकार आयोगले समेत यसबारेमा विज्ञप्ति निकालिसकेको छ।”

उनले राप्रपाको कार्यक्रम काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा हुने स्पष्ट पारे। प्रधानमन्त्रीलाई सडकमा आउनै पर्ने भए, राजीनामा दिएर आउन चुनौती दिँदै शाहीले भने, “प्रधानमन्त्री भएर होइन, साधारण नागरिक भएर सडकमा आउनुस्।”

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको