गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको संलग्नताको आरोपलाई असत्य, बेठिक र षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन्। बुधबार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सहसचिव तीर्थराज भट्टराईसँगको नाम जोडेर आफूलाई मुछ्ने प्रयास भएको भन्दै त्यसप्रति आपत्ति जनाए।
“यसमा मेरो कुनै संलग्नता छैन,” गृहमन्त्री लेखकले भने, “मेरो विरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ, यो पूर्ण रूपमा षड्यन्त्र हो।”
भ्रष्टाचार अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने सम्भावित कारबाहीप्रति आफू पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताउँदै उनले अनुसन्धानमा कुनै हस्तक्षेप नहोस् भन्ने चाहना पनि व्यक्त गरे। “आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभाव नपरोस्,” उनले स्पष्ट पारे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस