नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीमा आँट, हिम्मत र स्पष्ट सोच नहुने मानिसहरू पनि हुने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टीको कार्यक्रममा उनले यो कुरा बताएका हुन्।
उनले भने, 'समयअनुसार नचलेको मान्छे निराश हुन्छ। तत्कालीन एमालेभित्र रहेका केही विचार र प्रवृत्तिविरुद्ध हामीले दृढ भएर संघर्ष गर्यौँ। चुनौती त आउँछन् तर अवसर पनि हुन्छ।'
नेपालले अहिले केही नभएको भन्ने गलत प्रचार भइरहेको भन्दै भ्रष्टाचारविरुद्ध सरकारले ठोस कदम चाल्नुपर्ने बताए। उनले भने, 'हामीले कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास जित्नुपर्छ। गलत प्रवृत्तिविरुद्ध लड्नुपर्छ। राम्रो संस्कार र संस्कृति अंगाल्नुपर्छ। गणतन्त्रको विकल्प राजतन्त्र होइन। अब वंशवादी शासनको कुरा गरिने अवस्था छैन।'
पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उनले चुनौतिसरह भने, 'राजनीतिमा आउनु होस्, चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्। जनताको मन जित्ने आँट गर्नुपर्छ।' नेपालले भने, 'हामीले हिजो पनि गणतन्त्रको पक्षमा उभिएर परिवर्तन ल्यायौं। आज पनि त्यो संघर्ष जारी छ र रहिरहनेछ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस