राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलनलाई केवल कास्टिङ मात्र भएको बताएका छन्।
राजावादीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्। पहिलो दिनको प्रदर्शनलाई लिङ्देनले कास्टिङ मात्र रहेको बताए। उनले भने, 'आन्दोलनको यो कास्टिङ मात्रै हो, गणतन्त्र नहटाइएसम्म आन्दोलन जारी रहनेछ।' राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन्। उपत्यकाका सातवटा स्थानबाट जुलुसहरू भृकुटीमण्डप पुगेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस