Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच छलफल

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १६ : ५० मा प्रकाशित

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच छलफल

संसद्मा देखिएको गतिरोधलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भइरहेको हो। बैठकमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

 संसद् अवरोध, गृहमन्त्रीको राजीनामा माग, र बजेट सत्रको सुरुवातलगायत मुद्दामा सहमति जुटाउने उद्देश्यले बैठक भइरहेको जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको