प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरूभन्दा माथि जनता हुने स्पष्ट धारणा व्यक्त गरेका छन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनता नै सम्पूर्ण शक्तिको स्रोत भएको उल्लेख गरे। उनले भने, 'दलभन्दा माथि जनता हुन्छन्, सम्पूर्ण शक्तिका स्रोत जनता हुन्।'
उनले केही अराजक र असन्तुष्टवादी समूहहरूले मुलुकलाई श्रीलंका वा बंगलादेशजस्तो बनाउने कुरा गरिरहेका भए पनि ती मुलुकहरूमा समेत अन्ततः लोकतन्त्रमै फर्किएर समाधान खोजिएको तर्फ सचेत हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले समकालीन सन्दर्भमा राजतन्त्रको पक्षमा वकालत गर्नु नितान्त अप्रासंगिक र मूर्खतापूर्ण भएको टिप्पणी पनि गरे। 'आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो,' उनले भने।
ओलीले विश्वका ठूला लोकतान्त्रिक मुलुकहरू – भारत, चीन वा अमेरिका – निर्वाचित जनप्रतिनिधिबाट सञ्चालन भइरहेको उल्लेख गर्दै केही साना देशमा मात्र राजतन्त्र खुम्चिएर टिकेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस