Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १२ : ११ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

छ्याङ्दी हाइड्रोपावर कम्पनीले आजदेखि हकप्रद सेयरमा आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि आवेदन दिन मिल्ने शतप्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको हो । 

कम्पनीको उक्त हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँका रहेको छ । कम्पनीले १०० रुपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको थियो ।  उक्त कम्पनीले हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ ।

यस अधारमा जेठ १ गतेसम्म कायम सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।  यो हकप्रदमा असार १२ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको