सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक भन्दा बढीले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव ६७ अंकले घटेर २६५२ दशमलव १८ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७० अंकले घटेर ४५२ दशमलव ७० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ ।
आजको प्रि ओपन सेसनमा ५३ कम्पनीका २ लाख ३६ हजार ८२१ कित्ता सेयर १५१ पटक खरिद बिक्री हुँदा १५ करोड ३६ लाख ६ हजार ३९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस