नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी सदन सञ्चालन गरिनु दुःखद भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अवरोध र विरोधलाई बेवास्ता गर्दै सदन चलाउनु उचित नभएको स्पष्ट पारे। हाल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्।
रास्वपाको वेल घेराउबीच पनि सभामुखले सदन सञ्चालन गरेपछि शर्माले प्रतिक्रिया दिँदै भने, 'सदनमा गम्भीर प्रश्न उठेको छ, तर त्यसको समाधानतर्फ ध्यान नदिइकन संसद चलाउनु दुःखद हो। समस्याको समाधान गर्न सकिन्न भने नेतृत्वको औचित्य के रहन्छ?'
उनले सरकार समस्या समाधानप्रति गम्भीर नभएको आरोप लगाउँदै, यस्तो कार्यशैली र संसदीय संस्कार अस्वीकृत हुने बताए। साथै, उत्पन्न परिस्थितिको तत्काल समाधान खोज्न आग्रहसमेत गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस