Like us!
Follow us!
Connect us!
Watch us!

आजको संसद बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर र छ वटा मन्त्रालयको बजेट छलफल तय

अर्थ संसार

शुक्रबार, ०६ असार २०८२, ०७ : ३५ मा प्रकाशित

आजको संसद बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर र छ वटा मन्त्रालयको बजेट छलफल तय

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर तथा विनियोजन विधेयक २०८२ अन्तर्गत छवटा मन्त्रालयका बजेट शीर्षकमाथि समूहीकृत छलफल समावेश गरिएको छ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०७९ मा गरिएको व्यवस्थाअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्न पाउने प्रबन्ध गरिएको छ। सोही अनुसार आजको बैठकमा सांसदहरूले प्रधानमन्त्रीसमक्ष समसामयिक विषयमा प्रश्न गर्नेछन् भने प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्। 

आजको बैठकमा विनियोजन विधेयकमाथि पनि व्यापक बहस हुने भएको छ। छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेट शीर्षक समावेश गरिएको छ। सांसदहरूले यिनै मन्त्रालयको नीति, कार्यक्रम र खर्चको औचित्यमाथि धारणा राख्नेछन् भने सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको