सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
गृहमन्त्री रमेश लेखकले जानकारी दिँदै समितिलाई ९ वटा कार्यादेश दिइएको बताए। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।
गृहमन्त्री लेखकका अनुसार समितिले तत्कालीन र दीर्घकालीन समाधानका लागि सुझाव दिनेछ। साथै, आवश्यक परे नीतिगत र कानुनी सुधारको मस्यौदा तयार गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।समितिको कामले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा असर नपर्ने गरी अघि बढाइने उनले स्पष्ट पारे।
अध्यागमन विभागमा विद्यमान समस्या पहिचानदेखि नीति सुधारसम्मका विषयमा कार्य गर्न समिति सक्रिय रहनेछ। प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने, 'समितिको अनुसन्धानबाट भिजिट भिसासम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस