पछिल्लो समय बैंकिङ क्षेत्रले कर्जा प्रवाहमा सुधार आएको दाबी गर्दैछ।
तर यथार्थमा, कर्जाको माग अझै कमजोर छ भने बैंकहरूसँग अत्यधिक तरलता थुप्रिएको छ। ब्याजदर घट्दो क्रममा हुँदा पनि लगानीकर्ताहरू झनझन ‘सावधान’ छन्। यस्तो परिदृश्यमा, कुन बैंकसँग कति लगानीयोग्य रकम छ? भन्ने प्रश्न अझ महत्वपूर्ण बन्छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशत सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) कायम गरी कर्जा प्रवाह गर्न सक्छन्। हाल बैंकहरूको औसत सीडी रेसियो ७८.४४ प्रतिशत रहेको छ, जसले गर्दा बजारमा झण्डै ७ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ जति लगानीयोग्य रकम बाँकी छ।
कुन बैंकको लगानीयोग्य रकम कति ?
पछिल्लो तथ्यांक अनुसार, राष्ट्रिय वाणिज्य बैंकसँग १ खर्ब २० अर्ब १६ करोड रुपैयाँ लगानीयोग्य रकम रहेको छ। बैंकले हालसम्म ४ खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
ग्लोबल आइएमई बैंकसँग ७० अर्बभन्दा बढी लगानीयोग्य रकम छ। यस बैंकले ५ खर्ब ५४ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ४१ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग ६० अर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ। यस बैंकको कुल निक्षेप ४ खर्ब ६७ अर्ब १७ करोड र कर्जा प्रवाह ३ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
सानिमा बैंकसँग ६२ अर्ब ५३ करोड रुपैयाँ लगानीयोग्य रकम छ भने प्रभु बैंकसँग ६१ अर्ब ३९ करोड रुपैयाँ लगानीयोग्य रकम छ। नेपाल बैंक लिमिटेडसँग ५७ अर्ब ९३ करोड रुपैयाँ लगानीयोग्य रकम छ भने नेपाल एसबिआई बैंकसँग ३४ अर्ब ८५ करोड रुपैयाँ छ।
कुमारी बैंकसँग ३४ अर्ब ३४ करोड, लक्ष्मी सनराइज बैंकसँग ३२ अर्ब १० करोड, एनआईसी एशिया बैंकसँग २९ अर्ब ७५ करोड, एभरेष्ट बैंकसँग २७ अर्ब ५५ करोड, हिमालयन बैंकसँग २४ अर्ब १० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग २३ अर्ब ५७ करोड, र सिद्धार्थ बैंकसँग २२ अर्ब ७३ करोड रुपैयाँ लगानीयोग्य रकम रहेको छ।
सिटिजन्स बैंकसँग ९ अर्ब ३ करोड, एनएमबी बैंकसँग १६ अर्ब ३९ करोड, प्राइम कमर्सियल बैंकसँग १४ अर्ब २९ करोड, माछापुच्छ्रे बैंकसँग ९ अर्ब ७६ करोड रुपैयाँ लगानीयोग्य रकम छ।
यस्तो छ निक्षेप संकलन/कर्जा लगानी र सिडी रेसियोको तथ्यांक-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस