प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारकै बेवास्ताका कारण कानून निर्माण प्रक्रियाले गति लिन नसकेको आरोप लगाएको छ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथि भएको छलफलमा भाग लिँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कानून निर्माणप्रति सरकार र समितिको दुवै उपेक्षा देखिएको टिप्पणी गरे।
उनले भने, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक र संघीय निजामती सेवा विधेयक समिति हुँदै पारित भए पनि अगाडि बढ्न सकेका छैनन्। सभापतिज्यूको नेतृत्वमा पनि अपेक्षित पहलकदमी देखिएको छैन।'
सचेतक पाण्डेले प्रहरी विधेयकमा ५१ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने र राजनीतिक–प्रशासनिक हस्तक्षेपबीचको द्वन्द्वलाई स्पष्ट पार्नुपर्ने माग पनि गरे।
उनले प्रहरी विधेयकलाई शीघ्र पारित गर्न कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस