Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा वस्तु निर्यात ७७.८% ले वृद्धि, व्यापार घाटा १३ खर्ब नाघ्यो

अर्थ संसार

मंगलबार, २४ असार २०८२, १३ : १७ मा प्रकाशित

११ महिनामा वस्तु निर्यात ७७.८% ले वृद्धि, व्यापार घाटा १३ खर्ब नाघ्यो

मुलुकको वस्तु निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ मसान्त) सम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार, कुल वस्तु निर्यात ७७.८ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३.० प्रतिशतले घटेको थियो।

उता, यस अवधिमा वस्तु आयात पनि १३.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा आयात १.८ प्रतिशतले घटेको थियो।

यससंगै, ११ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा १.७ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात १५.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.६ प्रतिशतभन्दा उल्लेख्य रूपमा सुधार भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको