गत आर्थिक वर्ष २०८१/८२ मा नेपाले करिब २१ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालले २० खर्ब ९१ अर्ब १५ करोड २९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको हो ।
गत आर्थिक वर्षमा भएको व्यापार अघिल्लो आर्थिक वर्षको भन्दा १९.२४ प्रतिशतले धेरै हो । अघिल्लो आवमा १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो । विभागका अनुसार गत आवमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.२५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपालले विदेशबाट १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।
गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुमा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षमा नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो अघिल्लो आवको भन्दा ८१.८० प्रतिशतले बढी हो । नेपालबाट अघिल्लो आर्थिक वर्षमा भने १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
यस अवधिमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस