चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालले राहदानी (पासपोर्ट) आयातमा मात्रै १ अर्ब ७५ करोड ५२ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ।
विदेश जाने नेपाली नागरिकलाई राहदानी वितरणका लागि नेपाल सरकारले फ्रान्स, अष्ट्रेलिया र संयुक्त अधिराज्यबाट कूल ५८ हजार ७७० किलोग्राम राहदानी आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
उक्त अवधिमा सबैभन्दा बढी राहदानी फ्रान्सबाट आयात गरिएको हो। एक्लै फ्रान्सबाट मात्रै १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको राहदानी ल्याइएको छ। अष्ट्रेलियाबाट २ हजार रुपैयाँ र संयुक्त अधिराज्य (बेलायत) बाट ४ हजार रुपैयाँ बराबरको मात्र राहदानी खरिद गरिएको तथ्यांकमा उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस