Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बाहिर श्रम स्वीकृति लिएकाहरूका लागि स्वस्तिक लघुवित्तको पहिलो आईपीओ आजदेखि खुला

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, ०७ : २१ मा प्रकाशित

नेपाल बाहिर श्रम स्वीकृति लिएकाहरूका लागि स्वस्तिक लघुवित्तको पहिलो आईपीओ आजदेखि खुला

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार २७ गतेदेखि आफ्नो पहिलो चरणको आईपीओ सार्वजनिक रुपमा बिक्री खुला गरेको छ। यस चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रमिक नेपाली नागरिकहरूलाई लक्षित गर्दै शेयर निष्काशन सुरु गरेको हो।

श्रम स्वीकृति प्राप्त नेपालीहरूले साउन ९ गतेसम्म यस आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीले उनीहरूका लागि कुल २३ हजार १ सय कित्ता शेयर उपलब्ध गराएको छ। आवेदन दिन कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

यस निष्काशनमा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले लिएको छ।

नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई आईपीओ निष्काशनको अनुमति असार ५ गते प्रदान गरेको थियो। कम्पनीले करीब १७ महिनाअघि, माघ २४ गते, बोर्डमा प्रस्ताव दर्ता गराएको थियो।

स्वीकृत संरचना अनुसार, कम्पनीले आफ्नो २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर, जुन हालको जारी पुँजीको ४० प्रतिशत बराबर हो, सर्वसाधारणका लागि निष्काशन गर्दैछ।

मधेस प्रदेशलाई कार्य क्षेत्रका रूपमा राखेको स्वस्तिक लघुवित्तको मुख्यालय सिरहा जिल्लामा अवस्थित छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको