Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली - ३४ अंकले बढ्यो नेप्से,९ अर्ब ४१ करोडको कारोबार

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १५ : ०९ मा प्रकाशित

सेयर बजारमा हरियाली - ३४ अंकले बढ्यो नेप्से,९ अर्ब ४१ करोडको कारोबार

मंगलबार  सेयर बजारमा पुनः हरियाली देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४ अकंले बढेर २७६० बिन्दुमा कायम भएको छ। आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोडको कारोबार भएको छ ।

आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको १.९२ प्रतिशत, विकास बैंक समूहको १.५९ प्रतिशत, फाइनान्स समूहको १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

यसदिन २०९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३९ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । निफ्रा ग्रिन इनर्जी डिबेञ्चर ५० करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.०८ प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रो एन्ड जनरलका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् । ओम मेगाश्रीका लगानकिर्ताले ५.४३ प्रतिशतका दरले कमाएका हुन् ।

भगवती हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.६४ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको