गरिमा विकास बैंक लिमिटेडले करिब डेढ लाख कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो । सो सेयर किन्न इच्छुक सेयरधनीले भदौ ८ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
उक्त समयावधिभित्र बैंकका सेयरधनीबाट सेयर खरीद नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस