साताको सेयर कारोबार हुने तेस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ३३ अंकले बढेर २८९५ दशमलव ०६ विन्दुमा पुगेको हो ।
आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५६ अंकले बढेर ५०३ दशमलव ०५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ६३ कम्पनीका ८ हजार ८७३ कित्ता सेयर १५४ पटक खरिद बिक्री हुँदा ५८ लाख ४० हजार ३०६ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस