Like us!
Follow us!
Connect us!
Watch us!

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल - प्रधानमन्त्री ओली

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १० : १३ मा प्रकाशित

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिँदै प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको जानकारी दिएका हुन्।

उनका अनुसार आफू प्रधानमन्त्री बन्नुअघि अघिल्लो आर्थिक वर्षमा नेपालले जम्मा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको थियो।

प्रधानमन्त्री ओलीले लेखेका छन्, 'यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ। हामीले रु २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको निर्यात गर्न सफल भएका छौं। अघिल्लो वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको