साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २९८४.९२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने उक्त सेसनमा स्थिर रहेको छ । त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.४२ अंकले घटेर ५१६ दशमलव ७१ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ८८ कम्पनीका २२ हजार २३९ कित्ता सेयर २०८ पटक खरिद बिक्री हुँदा १ करोड १७ लाख ४७ हजार ५५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस