Like us!
Follow us!
Connect us!
Watch us!

एक घण्टामा सेयर बजार १९ अंकले बढ्यो, परिसूचक ३ हजार माथि पुग्दा साढे ६ अर्ब बढीको कारोबार

अर्थ संसार

आइतबार, ११ साउन २०८२, १२ : ०५ मा प्रकाशित

एक घण्टामा सेयर बजार १९ अंकले बढ्यो, परिसूचक ३ हजार माथि पुग्दा साढे ६ अर्ब बढीको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको पहिलो एक घण्टाको अवधिमा सेयर बजार परिसूचक १९ अंकले बढेको छ । आजको पहिलो एक घण्टाको अवधिमा सेयर बजार परिसूचक १९.४९ अंकले बढेर कारोबार भएको हो । 

आजको पहिलो एक घण्टाको अवधिमा सेयर बजार परिसूचक ३००० माथि पुगेको छ । यो अवधिमा सेयर बजार परिसूचक ३००२.१४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १६७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८२ कम्पनीको सेयर मूल्य घटेको छ ।

एक घण्टाको अवधिमा सेयर बजारमा साढे ६ अर्ब माथिको कारोबार भएको छ । यो अवधिमा १ करोड ३९ लाख ८९ हजार ३३० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५० करोड ५५ लाख ४७ हजार ५८४ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको