नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजारमा पछिल्लो समय भारित औसत लाई अन्तिम कारोबार मूल्य मान्ने प्रणाली लागु गरेको छ । तर सोमबार भने यस्तो भारित औषतमा गणना गर्दा गम्भिर टत्रु देखिदै छ ।
बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो । त्यसपछि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना भएपछि नेप्से एकाएक २ अंक रातोमा देखियो ।
भारित औसत मूल्य गणना अन्तिम १५ मिनेटका आधारमा हुने गर्छ । तर बजार अन्तिम १५ मिनेटभर हरियो थियो । अघिल्लो दिन २९६४ अंकमा बन्द भएको बजार आज २ : ४५ बजे ३ अंक बढेर २९६७ अंकमा थियो, त्यसपछि बजार बन्द हुँदासम्म लगातार बढेको थियो । तर भारित औसत मूल्य गणनापछि २.०७ अंक रातो भयो ।
नेप्सेले संभावित चलखेल रोक्नका लागि गत आर्थिक वर्षको चैत्र ७ गतेदेखि यस्तो व्यवस्था लागू गरेको थियो । तर आइतबार भने यसमा समस्या देखिएको नेप्सेले जनाएको छ । यस विषयमा अध्ययन भइरहेको नेप्सेले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस