Like us!
Follow us!
Connect us!
Watch us!

गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं - ‘प्रचण्ड’

अर्थ संसार

सोमबार, १९ साउन २०८२, १६ : १५ मा प्रकाशित

गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं - ‘प्रचण्ड’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको बताएका छन्।

मंगलबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्रको एकता सुदृढ पार्न सफल भएको दाबी गरे।

प्रचण्डले भने, ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो,यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं ।’

उनका अनुसार पार्टी अब एकताबद्ध अवस्थामा पुगेको छ।‘पार्टी एकताबद्ध भएको छ । हामी सामूहिक प्रतिबद्धता गरेका छौं,’ उनले भने, ‘हामी अझ सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रुपले प्रतिबद्धता गरेका छौं ।’ 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको