Like us!
Follow us!
Connect us!
Watch us!

आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता दिने उद्देश्यले संशोधन अघि बढाइयो - रमेश लेखक

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १६ : १६ मा प्रकाशित

आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता दिने उद्देश्यले संशोधन अघि बढाइयो - रमेश लेखक

गृहमन्त्री रमेश लेखकले सन्तानलाई आमाको स्वघोषणाको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने लक्ष्यका साथ नागरिकता सम्बन्धी कानुन संशोधन अघि बढाइएको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ मा यस विषयलाई समेटिएको जानकारी दिए।

गृहमन्त्री लेखकले आमा नै सन्तानकी पहिलो संरक्षक हुने भएकाले नागरिकता प्राप्तिको जिम्मेवारी आमालाई दिइएको बताए। उनका अनुसार,बुबाको पहिचान नभएको वा जानकारी दिन नसक्ने अवस्थामा आमा स्वयंले स्वघोषणा गरेमा त्यसको आधारमा सन्तानले नेपाली नागरिकता पाउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

उनले आमाको स्वघोषणा गलत प्रमाणित भएमा नागरिकता प्रक्रिया विरुद्ध कारबाही हुने र सजायको व्यवस्था पनि विधेयकमा समेटिएको स्पष्ट पारे। सांसदहरूद्वारा उठाइएको आमाको थरबाट नागरिकता लिँदा सम्पत्ति सम्बन्धी अधिकारमा असर पर्न सक्ने आशंकामा मन्त्री लेखकले यसले पैतृक सम्पत्तिमा अधिकार गुम्नुपर्ने अवस्था नआउने विश्वास दिलाए । ब्रिटिस गोर्खाका सन्तानको नागरिकता विषयमा भने उनले यसलाई संवेदनशील भन्दै संविधान संशोधन आवश्यक हुनसक्ने धारणा व्यक्त गरे। साथै,अंगीकृत नागरिकताको सन्दर्भमा, पहिले बाबुको नागरिकता नलिएको भन्ने प्रमाणसहित स्वघोषणा गर्ने प्रावधान थियो भने अब आमाले समेत सोही ढंगले स्वघोषणा गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको जानकारी उनले दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको