Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्टको वित्तीय विवरण : एक आवमा आधा अर्बको नाफा, अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १० : ४८ मा प्रकाशित

हिमालयन एभरेष्टको वित्तीय विवरण : एक आवमा आधा अर्बको नाफा, अन्य सूचक कस्ता ?

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले एक आर्थिक वर्षमा आधा अर्ब रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार ५० करोड २४ लाख रुपैयाँ नाफा कमाएको हो । 

कम्पनीले गत आर्थिक वर्षका आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको भनदा ५.९५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीको नाफा ५३ करोड २३ लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको बीमा शुल्कमा पनि उच्च वृद्धि देखिएको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो भने गत वर्ष ५७.८८ प्रतिशतले बढेर बीमा शुल्क ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै बीमाकोषको आकार पनि अघिल्लो वर्ष ३ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा गत वर्ष ८.३७ प्रतिशतको वृद्धि भएर ४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो कम्पनीले गत आवमा १ अर्ब ८९ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको भन्दा २५.५८ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा १ अर्ब ४७ करोड रुपैयाँ बीमा दाबी गरेको थियो । 

त्यसैगरी कम्पनीको कुल आम्दानी गत वर्ष २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । कम्पनीले बीमितलाई गत वर्ष ६ करोड ५२ लाख रुपैयाँ कमिसन बाँडेको छ । वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.१० रुपैयाँबाट बढेर २१.२९ रुपैयाँ पुगेको कम्पनीको प्रतिसेयर नेटवर्थ २१०.३४ रुपैयाँ रहेको छ । २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ, जगेडा कोषमा ३३ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको