गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आवको भन्दा ३९.२४ प्रतिशत नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्ममा २१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षको अन्तसम्ममा यो कम्पनीको नाफा १५ करोड २२ लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीले गत आवमा ६३ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा १०.७६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्ममा यो कम्पनीको यस्तो बीमा शुल्क आर्जन ५७ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको बीमा कोषको आकार पनि ३३.८६ प्रतिशतले बढेको छ । यो कम्पनीको जीवन बीमा कोषको आकार २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमो यस्तो कोषको आधार २ अर्ब २ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी कम्पनीले आफ्ना बीमितलाई दिने दाबी भुक्तानीमा पनि २२.५३ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले गत वर्ष ५१ करोड ६३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ४२ करोड १३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको कुल आम्दानी ८७ करोड ९७ लाख रुपैयाँबाट बढेर ९६ करोड २१ लाख रुपैयाँ पुगेसँगै कुल खर्च पनि ६४ करोड २१ लाख रुपैयाँबाट बढेर ६५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यद्यपि अभिकर्तालाई दिएको कमिशनको रकम भने ६ करोड ३० लाख रुपैयाँबाट घटेर ३ करोड ८२ लाख रुपैयाँमा झरेको छ ।
नाफा र आम्दानी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १०.५६ रुपैयाँबाट बढेर १४.७० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ कायम भएको छ । १ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १० करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा ४४ करोड ४३ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस