Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको नाफा ४५ करोड माथि, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, ११ : ०६ मा प्रकाशित

शिखर इन्स्योरेन्सको नाफा ४५ करोड माथि, प्रतिसेयर आम्दानी कति ?

गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्सको नाफामा झिनो सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १.६६ प्रतिशतले नाफा बढेको हो । 

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ४५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको अन्त्यसम्ममा कम्पनीको यस्तो नाफा ४४ करोड ५३ लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार यो कम्पनीले यो अवधिमा ५ अर्ब ७० करोड २६ लाख रुपैयाँको बीमा कारोबार गरेको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीले ३ अर्ब ७ करोड ४३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । 

कूल २ अर्ब ९२ करोड चुक्ता पुँजी भएको कम्पनीको प्रतिसेयर आम्दानी १५.४९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.९७ रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको