हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १३.७१ प्रतिशतले नाफा घटेको हो ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेपनि कम्पनीको व्यवसायमा भने वृद्धि देखिएको छ । अघिल्लो वर्ष १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको कम्पनीले गत वर्ष ६.६० प्रतिशतको वृद्धि गर्दै १७ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको छ ।
अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोष ६४ अर्ब ३९ करोड रुपैयाँ रहकोमा गत वर्ष १९.४८ प्रतिशतको वृद्धि सहित ७६ अर्ब ९४ करोड रुपैयाँको बीमाकोष खडा गर्न सफल भएको छ । अघिल्लो वर्ष करीब ६ अर्ब रुपैयाँको कुल दाबी भुक्तानी दिएको यस कम्पनीले गत वर्ष २२.४३ प्रतिशतको वृद्धि सहित ७ अर्ब ३३ करोड रुपैयाँको दाबी भुक्तानी बीमितलाई दिएको छ ।
यस कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर २५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने त्योसँगै कुल खर्च पनि २२ अर्ब ४ करोड रुपैयाँबाट ८.१२ प्रतिशतले बढेर २३ अर्ब ८३ करोड रुपैयाँ पुगको छ । कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि १ अर्ब ३८ करोड रुपैयाँबाट ५.५९ प्रतिशतले बढाएर १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । यता कम्पनीको प्रतिसेयर आम्दानी ७.९० रुपैयाँबाट सामान्य घटेर ५.९८ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १११.२० रुपैयाँ कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस