Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सूचीकृत

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, ०८ : ५९ मा प्रकाशित

नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ। सोमबारदेखि कम्पनीको १०० प्रतिशत हकप्रद सेयर अन्तर्गत १ करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता सेयर कारोबारका लागि उपलब्ध भएको हो।

डिम्याट खातामा सेयर जम्मा भएपछि लगानीकर्ताले यसलाई किनबेच गर्न सक्नेछन्। यसअघि कम्पनीले चैत्र १९ गतेदेखि वैशाख १४ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो।

त्यसक्रममा आवेदकले नखरेदी गरेको १९ लाख ४६ हजार ६ सय ७६ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गरिएको कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको