नेपाल लाइफ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । क्यापिटलको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले १२औं वार्षिक साधारणसभा असोज १० गते गर्ने निर्णय गरेको हो ।
उक्त सभा नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा गर्ने कम्पनीले निर्णय गरेको छ छ। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन÷थप माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा संशोधन एवम् परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१–८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस