Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीले पार्टीको आदेश मानेर काम गर्नु हुँदैन - शेरबहादुर देउवा

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, १५ : ५७ मा प्रकाशित

कर्मचारीले पार्टीको आदेश मानेर काम गर्नु हुँदैन  - शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न नपाइने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले  यस्तो  बताएका हुन् ।

देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए । उनले भने, ‘कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन । देश, राष्ट्र, संविधान अनुसार देशको काम गर्ने हो । कुनै पार्टीका लागि काम गर्ने होइन,चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो तर पार्टीको आदेश मान्ने होइन ।’

सभापति देउवाले देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

उनले भने, ‘संसद्‌मा सबैभन्दा ठूलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईंहरूका कुराहरू लागु गर्न सक्छौं । हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौं । कर्मचारीको हक हित हेर्ने हो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको