Like us!
Follow us!
Connect us!
Watch us!

'सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं'

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, ११ : १५ मा प्रकाशित

'सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं'

पोखराको सभागृहमा जेनजी पुस्ता स्वतस्फूर्त रूपमा सडकमा उत्रिएका छन्। सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र नेताहरूको बढ्दो भ्रष्टाचारको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्। बिहान १० बजेदेखि सभागृहमा जम्मा हुन थालेका उनीहरूको समूह विस्तारै बढ्दो छ। 

प्रदर्शनमा सहभागी युवाहरूले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दु:खी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ जस्ता नारा लगाएका छन्। केहीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए भने केहीले नेताको नाम लिएर नारा नलगाउन आग्रह गर्दै आन्दोलनलाई शान्तिपूर्ण राख्न अपील गरेका छन्। रेनकोट लगाएर नेपाली झण्डा बोकेका युवाहरूले हातमा प्लेकार्ड र पम्फलेट बोकेर प्रदर्शन गरिरहेका छन्। उनीहरू आक्रोशित छन् कि नागरिकले तिरेको कर नेताहरू र तिनका छोराछोरीको ऐसआराममा खर्च भइरहेछ, तर आम जनता भने समस्याले गाँजिएको छ। भीडमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको