सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेका छन्। उनले हिजो सार्वजनिक कार्यक्रममा सहभागी भएको बारेमा फेसबुकमा एउटा पोस्ट सेयर गरेका हुन्।
देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित ‘नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा’ कार्यक्रममा सहभागी भएको तस्बिरसहितको पोस्ट गरे। उक्त पोस्टमा सयौं कमेन्ट आएका छन्, जसमा धेरैजसो टिप्पणीहरू आलोचनात्मक छन्।
उक्त कमेन्टहरूमध्ये काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले देउवाको पोस्टमा कटाक्ष गर्दै टिप्पणी गरेका छन्। उनले देउवाले प्रतिबन्धित फेसबुक भीपीएनको सहारामा चलाउन गाह्रो हुने बताएका छन् ।
उनले लखेका छन्, ‘यो Post कुन Vpn बाट हो ,नेपाली हो कि विदेशी । सारै गारो हुने रहेछ Vpn बाट चलाउन त !!!’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस