Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनका घाइतेको उपचारमा रगतको अभाव नहोस्: स्वास्थ्य मन्त्रालयले हटलाइन १११५ रातभर खुला

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १९ : ०५ मा प्रकाशित

जेनजी आन्दोलनका घाइतेको उपचारमा रगतको अभाव नहोस्: स्वास्थ्य मन्त्रालयले हटलाइन १११५ रातभर खुला

सोमबार राजधानीमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारमा रगतको कमी नहोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन ‘१११५’ लाई २४ घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार, कुनै अस्पतालमा रगतको तत्काल आवश्यकता भएमा सम्बन्धित अस्पतालले १११५ मा सम्पर्क गर्दा कुन रक्त सञ्चार केन्द्र वा कुन अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तुरुन्तै प्राप्त गर्ने सुविधा हुनेछ।

यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत यो हटलाइन सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सक्रिय रहने गरेको थियो। तर, प्रदर्शनका क्रममा धेरै नागरिक घाइते भएपछि आकस्मिक अवस्थालाई सहज बनाउन मन्त्रालयले रातभर पनि यो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको