काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जारी जेनजी आन्दोलनबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
फेसबुकमा पोस्ट गर्दै उनले यो आन्दोलन पूर्ण रूपमा जेनजी पुस्ताको हो भनेर आफूहरूले पहिले नै स्पष्ट पारेको स्मरण गराए। उनले आन्दोलनका क्रममा ‘हत्याराको राजीनामा आइसकेको’ भन्दै अब आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन्।
शाहले जनधनको क्षतिलाई साझा सम्पत्तिको क्षति भन्दै युवाहरूलाई संयमित रहनु अहिले अपरिहार्य रहेको उल्लेख गरे। उनका अनुसार, अब देशको नेतृत्व गर्ने जिम्मेवारी नयाँ पुस्ताकै काँधमा आएको छ, त्यसका लागि तयार रहनुपर्नेछ।
उनले सेना प्रमुखसँग वार्ता गर्ने तयारीबारे संकेत गर्दै, तर वार्ता अघि संसद् विघटन भएको पूर्वशर्त रहनुपर्ने स्पष्ट पारेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस