जेनजी युवाहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सकेपछि अभिभावकहरूले शवलाई पशुपति आर्यघाट पुर्याएर अन्त्येष्टि गरेका हुन्।
अन्तिम बिदाइको बेला अभिभावक र आफन्तहरू अत्यन्तै भावुक बनेका थिए।
भदौ २३ र २४ गतेको प्रदर्शनमा ज्यान गुमाउनेहरूको संख्या हालसम्म ५१ पुगेको प्रहरीले जनाएको छ। मृतकहरूमा काठमाडौं उपत्यकादेखि अन्य जिल्लासम्मका व्यक्ति समावेश छन्। यसमा तीन जना प्रहरी र एक भारतीय महिला पनि परेका छन्।
प्रदर्शनको पहिलो दिन मात्रै २१ जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये नौ जना कैदी थिए भने बाल सुधार गृहका पाँच जना र प्रहरीका तीन जना मृत अवस्थामा फेला परेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस