जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दावी पर्ने क्रम बढ्दै गएको छ । नेपाल बीमा प्राधिकणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २२ अर्ब भन्दा बढीको बीमा दावी परेको हो ।
प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा २२ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ प्रारम्भिक बीमा दावी परेको छ । असोज ५ गतेसम्मको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २ जार ४७८ वटा दावीबाट उक्त रकमक बराबरको दावी परेको हो । प्राधिकरणका अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीमा क्षतिको दावी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार द ओरियण्टल इन्स्योरेन्समा सबैभन्दा बढीको बीमा दावी परेको छ । कम्पनीमा ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ७३ वटा दावी परेका छन् । दावी संख्याका आधारमा सबै भन्दा बढी दाबी शिखर इन्स्योरेन्समा परेको छ । यो कम्पनीमा हालसम्म ३७४ वटा दाबी परेको छ । जसबाट कुल २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँको दाबी परेको छ । भदौ ५ गतेसम्मको विवरण अनुसार सर्वाधिक बीमा दावी पर्नेमा कम्पनीको दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीमा हालसम्म २७९ वटा दावी बापत ५ अर्ब ८ करोड २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल १७० वटा दावी बापत २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । यसैगरी, जेनजी आन्दोलनले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा दावी बापत १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँको दाबी परेको छ । यो कम्पनीमा १९६ वटा दावी परेका छन् । त्यस्तै जेनजी आन्दोलनमा भएको क्षतिको नेको इन्स्योरेन्समा २११ वटा दावी बापत १ अर्ब ११ करोड ८३ लाख रुपैयाँको कुल बीमा दावी परेको छ । प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १४२ वटा दावी परेका छन् । उक्त दवीबापत कम्पनीले ८१ करोड ७ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिएको छ । त्यस्तै उक्त क्षतिको युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दावी बापत ४८ करोड ५१ लाख रुपैयाँको दाबी परेको छ । त्यस्तै नेपाल इन्स्योरेन्समा ८३ वटा दावी बापत ४७ करोड ९ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा १७४ वटा दावी बापत ४५ करोड ७२ लाख रुपैयाँको बीमा दावी परेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १६४ वटा दावी बापत ४० करोड ९९ लाख रुपैयाँको दाबी परेको छ । त्यस्तै प्रभु इन्स्योेरेन्समा १०२ वटा दावी बापत २० करोड ३६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा २० वटा दावी बापत ६ करोड ८४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
त्यस्तै लघु निर्जीवन बीमा कम्पनीहरुमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ९ वटा दावी बापत १ करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ९ वटा दावी बापत ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ९ वटा दावी बापत ४४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा १७ वटा दावी बापत ४१ लाख रुपैयाँ रुपैयाँको बीमा दावी परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस