सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ६ गते आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम रु.५,०३१,१६४,४०० रहेको छ ।
कम्पनीको जगेडा कोषमा रकम रु.२,२३२,४०९,८०१ तथा जीवन बीमाकोषमा रकम रु.१०,१०८,७८१,५४५ कायम छ । कम्पनीको नेट वर्थ रकम रु.१५४.३५ रहेको छ ।
कम्पनीलाई आजको स्थितिमा पुर्याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु, सेवाग्राहीहरु, अभिकर्ताहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ प्र्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्घता व्यक्त गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस